स्याङजा–१ का सांसद मरासिनीलाई हृदयघात, अवस्था यस्तो छ ! हेर्नुहोस

स्याङ्जा — स्याङजा–१ का प्रतिनिधिसभा सदस्य नारायण मरासिनीलाई हृदयघात भएको छ । मरासिनी दश दिनदेखि गंगालाल अस्पताल काठमाडौंमा उपचारत छन् ।

 

 

 

 

हृदयघातका कारण एक्कासी वेहोस भएका मरासिनीलाई पुस १९ गते मणिपाल अस्पताल, पोखरामा भर्ना गरिएको थियो । १८ गते मतदातालाई धन्यवाद दिन आँधीखोला गाउँपालिकामा घरदैलो गरिरहेका मरासिनी एक्कासी विरामी भएपछि मणिपाल पुर्‍याइएको थियो ।

 

 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो । हृदयघातको समस्या देखिएपछि उनलाई हवाई जहाजमार्फत काठमाडौं पुर्‍याएर गंगालाल ह्यदयरोग केन्द्रमा सल्याक्रिया गरिएको बताइएको छ । उनलाई गंगालालमै ५ दिनसम्म आइसियुमा राखिएको आफन्तले जनाएका छन् ।

 

 

आफन्तका अनुसार मरासिनीलाई दुईचार दिनमा नै अस्पतालबाट डिस्जार्च हुने र घरमै आराम गर्नेछन् । डाक्टरको सल्लाह अनुसार उनलाई ६ हप्ता अनिवार्य रेष्ट गर्नुपर्ने र स्वास्थ्य परीक्षण गराईरहनु पर्ने आफन्त शैलेन्द्र घिमिरेले जानकारी दिए । कान्तिपुर बाट साभार 

तपाईंको प्रतिकृयाहरू

Loading…