नेपालमा मात्र होइन सिंगापुरमा समेत नेपालको नाम राख्न सफल निमेष  गुरुङ

सन् २०१५ मा हाफ म्याराथनतर्फ सिंगापुरको राष्ट्रिय च्याम्पियन बने निमेष ।

 

नाम निमेश गुरूङ् मेरो जन्म संखुवाशभा जिल्लाको मादी मुलखर्क चिरैते भन्ने गाउँमा बुबा दुर्गा बहादुर गुरूङ् तथा आमा मन कुमारी गुरूङ को कोख बाट जेठो सन्तानको रूप जन्म भएको हो।

मेरो बाल्यकाल यही दुर्गम गाउँमा बित्यो।मेरो परीवारको आर्थीक अबस्था कमजोर भएको कारण मेरो बाल्यकाल कष्ठमय सगँ बित्यो।जुनबेला मेरो घरको ठुलो परीबार त्यसमाथी खेतीकीसानी काम गर्नु पर्ने त्यसमा पनी हातमुख जोर्न पनी असाध्यै गारो भएको कारण मेरो बुबा ले म लाई मामा घर छाडेर साहुको रीण लिएर खाडी मुलुक तिर जानु भयो।दुर्भाग्य बस बिदेश गएको केही महीना मा ठुलो दुर्घटनामा पर्नु भयो र काम गर्न नस्कने भएपछी बिदेश बाट घर तिर खाली हात फर्काई दियो।त्यस पछी परीबारमा झन ठुलो समस्या आईपर्यो।बाउ बिदेश गएको रिणले झन च्यापदै गयो र साँहुको रिण तिर्न भएका सबै घरबारी जिम्मा लगाएर मेरा बा,आमा बसन्तपुर तेरथुममा बसाई सर्नु भयो।तर म चाही मामा घर मा भएको ले मलाई मामा घरमा नै छाडनु भयो।त्यस बेला मेरा मावली हजुर बुबा आमा मेरा लागी भगवान सरह झै हुनु भयो।उहाँ हरुलेनै मेरो पालन पोषर्ण गर्नु भयो।

मैले मामा घर बसेर गोठालो काम गर्दै जेन तेन मेरो कक्षा १० सम्मको शिक्षा मादी मुलखर्क बिनोद माःबि स्कुल मा लिएको हो।त्यस पछी जेनतेन एस एल सी परीक्षा पास गरेपछी मेरो परीवार तेरथुम बसन्तपुर बसाई सरेर आएको हुनाले जेनतेन १२ कक्षा सम्मको पढाई त्यही बसन्तपुरमा भयो। त्यसपछी घरको अबस्था कमजोर भएकोले कामको सीलसीलामा धेरै ठाउँ भौतारीए कामको सीलसिलामा कठमान्डौ राजधानी २ बर्ष होटल देखी रेस्टुरेन्टमा काम गरेर पेट पाल्ने काम भयो।त्यस पछी जागिरको लागी नेपाल पुलीस र नेपाल आर्मी मा भर्ती हुन पनी गए तर असफल भए त्यसपछी बृटीस आर्मीमा हुदै सिङ्गापुर पुलीस फोर्समा पनी भर्ती हुन गए त्यसपछी तिन पटकको असफल पछी म सिङ्गापुर पुलीस फोर्समा भर्ती हुन सफल भए। त्यसै कारण आज म सिङ्गापुर मा छु। सिङ्गापुरको एउटा विस्व को नामी गोर्खा पुलीस फोर्समा छु।म संखुवाशभा जिल्लाको एउटा दुर्गम गाउमा बसेर धेरै दुःख कस्ठ भोगेर आज यो ठाऊमा आईपुगेको छु।

एउटा अत्यन्तै निम्न बर्ग परीबारमा रहेर अत्यन्तै धेरै संघर्ष गरेर आज यो ठाउमा आईपुगेको हो। मैले नेपालमा रहदा र सिङ्गापुर आएपछी पनी धेरै कोसीष र दु:ख गरेको छु। सधै मेरो देशको माया लाग्छ मलाई त्यसकारण आज म बिदेशी भुमीमा रहेर पनी धेरै सङंघर्स गरेर मैले आज मेरो जागीरको साथ साथै खेलकुदमा लागेर नेपाल र नेपालीको नाम सम्म आएको छ।जुन मेरो नाम संग मेरो देश नेपालको नाम जोडीएको छ। हीजो म मेरो देश नेपालमा को गाउँमा रहदा खेलकुद भनेको के हो त्यो पनी राम्रो थाहा थिएन। जब म सिङ्गापुर आएपछी मैले बिस्तारै खेकुदको बारेमा थाहा पाए र अरू मान्छेले खेलकुद गरेको देखेपछी मेरो मनमा पनी यो ईच्छा जागेको थियो।तर यो कुरा मेरो लागी सजीलो थिएन किनभने मैले आफ्नो जगीरको लागी काम पनी गर्नु पर्ने त्यसमाथी खेलकुदमा राम्रो गर्न लाई त बच्चा बाटनै खेलकुदमा लागेर मेहनत गर्नु पर्छ। मेरो त त्यो बेला उमेर नै २३ बर्ष लागीसकेको थियो। तर पनी “भगवानले त आट म पुर्याइदिनछु” भन्छ भने झै मनमा एउटा ठुलो अठोट लिए र दिन रात मेहनत गर्न थाले। किनभने दुःख गर्न त मैले बाल्य अबस्थामै सिकीसकेको थिए।

त्यसपछी मैले पनी अरू जस्तै खेलाडी हुने सपना बुने त्यसपछी म दिन रात यो काम मा लागी परीरहे कहिल्यै थाकीन, सधै संघर्ष गरीरहे । मेरो सरीरको ख्याल पनी गरीन।आफ्नो रमाईलो,परीबारलाई पनी वास्त नगरी कोसीस गरीरहे। त्यो बेला मैले ६,७ महीनामा मेरो शरीरको तौल १५ कीलो सम्म घटाए। त्यस पछी मलाई दैडन पनी सजिलो हुदै गयो। त्यस पछी बिस्तारै सानातिना दौडमा भाग लिदै गए। त्यस पछी एकबाट अर्को सफलता हात पार्दै अगाडी बढीरहे।आस्चर्यको कुरा त अरु मान्छे हरू प्रशीक्षक बाट सिक्छन तर म कुनै प्रशीक्षक बिना आज यो ठाउँमा आउनु भनेको त म आफैले गर्भ गर्ने कुरा हो।अहीले पनी म संग कुनै प्रशीक्षक छैन आफै तालिम गर्छु। त्यसमा आफ्नो नोकरीको काम पनी गर्नु पर्छ। जुन कुरा सजीलो छैन।एउटा बिदेशी जागीरे ब्यक्ती ले नोकरी संगै खेलकुद लाई पनी संगै लानु भनेको त एक दमै सारो कुरा हो जस्तो लाग्छ जुन कुरा मैले भोगीरहेको छु।यस्तो बेला आफैले खाली समय मिलाएर तालीम गरेर यो ठाउँमा आई पुगेको हो। यसरी अगाडी बड्दै जादा आज सिङ्गापुर च्याम्पीयन सम्म हुन पुगे भने सिङ्गापुर “पीःएसःए” एथलेटीक दौडको १०,००० मीटर र ५,००० मीटर दौडको १७ बर्ष पुरानो रेकर्ड भङ्ग गर्दै नयाँ रेकर्ड मेरो नाममा सनः २०१३ सालमा लेखाई सकेको छु।

यसरी मैले २०१३ साल बाट आज सम्म निरन्तर दौडमा लागी परीरहेको छु। आज निक्कै ठुलठुला दौडमा पनी सफलता हात पारीसकेको छु। त्यही मेरो दुःख र मेहनत बाट देश बिदेशमा गरी ३०० ओटा जती मेडल हात पारेको छु । जस्मा १५० ओटा जती त स्वर्ण पदक मात्र छन।साथमा धेरै ठुलठुला प्रतीयोगिता मा पनी सफल्ता हात पारीसकेको छु।मैले सनः २०१४ मा मलेसियामा भएको “माउन्ट कीनाबालु ईन्टरनेसनल दौडमा” दीतीय स्थान हासील गर्न सफल भएको थिए। जहाँ ६१ ओटा राष्टले सहभागीता जनाएको थियो। भने केन्याको धावक प्रथम स्थान र जापानी धावक तेस्रो भएको थियो। त्यसरीनै अन्य धेरै पदक आफ्नो नाममा लेखाई सकेके छु।भर्खरै केही दिन अगाडी मात्र अमेरीकामा सम्पन भएको “विस्व पुलीस फाएर गेम्स” मा मैले सहभागीता जनाउदै १० कीःमी र २१.१ कीःमी मा स्वर्ण पदक जित्न सफल भए। जहा भारत, पाकीस्तान, चईना, बङगला देश, केन्या,रसीया ईत्यादी गरी ९१ राष्टले सहभागीता जनाएको थियो।

भने आज मैले मेरो खेलकुद क्षेत्रमा लागेको ५ बर्ष पुरा भएर ६ बर्षमा लागीसकेको सकेको छ।मैले सिङ्गापुरमा आयोजना हुने धेरै जसो सबै प्रतीयोगीतामा भाग लिदै आई रहेको छु। भने सिङ्गापुरमा एक दमै धेरै दौड प्रतीयोगिता हुने गर्छ। भने दौडमा पुरस्कार धनरासी पनी राम्रो नै हुन्छ। राम्रो दौडने को लागी कमाई पनी राम्रो नै हुन्छ।आज म यो ठाउँमा आएर दाम पनी राम्रो नै कमाई रहेको छु। आज यो सब मेरो मेहनतको फल हो।तर म बिदेशमा भएको कारण साथै मेरो देशमा आफन्त पनी खासै नभएको कारणले गर्दा मेरो देशमा मेरो बारेमा बेखबर जस्तै छ।मैले केही बर्ष अघी


मेरो देशमा पनी दौडने बिचार गरेर लामो बिदाको साथमा मेरो देश नेपाल पनी गए तर दुर्भाग्य भनौ त्यही बेला नेपालमा ठुलो भुईचालो गयो।त्यसपछी मेरो सपना पुरा हुन सकेन अनी मनमा पीडा बोकेर मेरो लामो ६ महिना बिदा सकेर कर्म भुमीमा पुन फर्के। त्यसैले आज मैले मेरो देश नेपालमा कुनै पनी दैाडमा सहभागीता जनाउने मौका पनी जुरेको छैन।

तरपनी मलाई गर्भ लाग्छ मैले बिदेशमा दौडिए पनी मेरो नाम त नेपाली नै छ। त्यसमा पनी म नेपाली भनेरनै दौडीने गर्छु। त्यसैले गर्दा पटक पटक, बारम्बार नेपाली “निमेस गुरूङ्” भनेरनै मेरा समाचार हरू आउने गर्छ।मलाई नेपाली “निमेस गुरूङ” नामले नै चिन्ने गर्छन। अनी मेरो छाती ठुलो भएर आउछ। अब मैले मेरो देसको लागी दौडने मौका नजुरे पनी भबिष्यमा गएर आज सम्म मैले बिदेशमा गरेको दुःख र मैले बटुलेको अनुभब हरू लाई सधै साथमा राखेर भविष्यमा गएर नेपालमा गएर राम्रो प्रशीक्षक भएर नेपाली खेलकुद लाई सहयोग गर्ने अनी नेपाली खेलकुदलाई अगाडी लाने मेरो ठुलो बिचार छ। त्यसको लागी अझै निरन्तर कोशीस गरीरहने छु। एक दिन मेरो देश नेपालमा कुशल प्रशिक्षक भएर उदाउने मेरो ठुलो सपना रहेको छ।

तपाईंको प्रतिकृयाहरू

Loading…