नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने तयारीमा !

काठमाडौँ । स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठको निधनको भएको तिन वर्षपछि रजतपटमा पुन नयाँ चलचित्र कान्छी मार्फत भित्रियाएकी अभिनेत्री स्वेता खड्का विवाह गर्ने सोचमा पुगेकी छन्।

शालिन र निकै सफा मन भएका अभिनेता श्रीसँग विवाह भएको एक महिना पनि वित्न नपाउँदै सिउँदोको सिन्दुर पुस्न विवस भएकी खड्का अहिले आफ्नो एक्लोपनलाई पूर्णविराम लगाउने मनस्थितिमा पुगेकी हुन् । विवाह गरेको महिना दिन पनि बितेको थिएन जनप्रिय नायक श्रीकृष्ण श्रेष्ठको असमाहिक निधनले नेपाली सिनेमा जगत त मर्माहत भयो भयो उता श्वेताले भने जुनी जुनीसँगै जिउने भनेर सात फेरो लगाएका पति नै गुमाएकी थिइन् ।

स्वेतालाई अहिले घर परिवार तथा साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा उनी पुगेको बुझिएको छ । यद्यपि खड्काले दोस्रो विवाह आफ्नोमा नरहेको जबाफ दिँदै उम्कने गरेकी छिन् । अर्को विवाहको विषयमा दर्शकको चाहनाअनुसार अघि बढ्ने उनको भनाइ छ ।

अभिनेत्री खड्काले श्रीको निधनपछि अभिनय गरेको तथा निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ बाट देशभर प्रदर्शनमा आउँदैछ ।

तपाईंको प्रतिकृयाहरू

Loading…