पाल्पा तिनाउं गांउपालिकाले पत्रकार सम्मेलन गरि बजेट सार्बजनिक

बटौली, १४ भदौ । पाल्पा तिनाउं गांउपालिकाले नीति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेको छ । गांउपालिकाको प्रथम गांउसभाबाट पारित भएको नीति तथा कार्यक्रम र वजेट मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

गत ९ देखि ११ गतेसम्म चलेको गाउंसभाबाट नीति तथा कार्यक्रम र वजेट पारित गरिएको थियो । प्रथम गांउसभाबाट आर्थिक वर्ष २०७४ । ०७५ का लागि ३१ करोड ३३ लाख ९८ हजार १ सय ३८ रुपैंया १४ पैसा पारित गरिएको तिनाउं गांउपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी गराउनुभयो । वजेटले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, पूर्वाधार सम्वृद्धि तिनाउको मूल आधार भन्ने नारालाई अगाडी सारेको पत्रकार सम्मेलनमा अध्यक्ष घर्तीले बताउनुभयो ।

नीति तथा कार्यक्रम र वजेटलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्दता जनाउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधारसहित सफा हराभरा सुन्दर, शान्त, सुशासन, सहभागिता, दीगो विकास, समतामूलक समाज निर्माणका लागि वजेट ल्याईएको छ । त्यस्तै वजेटले दीर्घकालीन नीति अन्र्तगत भौतिक पूर्वाधार विकास, शिक्षा, कृषि, जनसंख्या तथा सामाजिक विकास, वातावरण तथा सरसफाईलाई प्राथमिकतामा राखेको छ । त्यस्तै राजश्व परिचालन नीति, सुशासन तथा संस्थागत क्षमता विकास र पत्रकारिताको विकासलाई पनि वजेटले प्राथमिकतामा पारेको छ ।

 

तिनाउं गांउपालिकाका सबै बाटाहरु कच्ची भएकाले अन्य शिर्षकमा भन्दा बाटो मर्मत र निर्माणका लागि बढी वजेट छुटईएको छ । गांउपालिकाका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठले समग्र गांउपालिकाको विकास गर्नेगरी वजेट ल्याईएको बताउनुभयो । तिनाउवासीलाई गुणस्तरीय, छिटो, छरितो, प्रभावकारी र पारदर्शी सार्वजनिक सेवा प्रदान गर्न सक्षम साशन पद्दतिको विकासलाई वजेटले सहयोग पुराउने प्रवक्ता श्रेष्ठले बताउनुभयो । गाउपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षता र कार्यकारी अधिकृत चुरामणि वस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

Loading…