मध्यरातमा एमालेको मतदाता नामावली संकलन कार्यमा प्रहरीको छापा

मध्यरातमा एमाले नेताको घरमा भएको मतदाता नामावली संकलन गरिरहेका निर्वाचन आयोगका कर्मचारी, वडाध्यक्ष र एमाले नेता पक्राउ परेका छन् ।
मध्यरातमा एमालेका बुढानीलकण्ठ नगरपालिका प्रमुख दिपक निरौलाको घरमा मतदाता नामावली संकलन गरिएको थियो ।

बुढानीलकण्ठ नगरपालिकाको मिलेमतोमा नेकपा एमाले नेताको घरमा मध्यरातमा तस्बिरसहितको मतदाता नामावली संकलन गरिएको सूचना स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए ।

\

प्रहरीको टोलीले निर्वाचन कार्यालयका कर्मचारी, नामावली संकलन गर्ने उपकरणसहित निरौला र खत्री र बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटालाई पनि पक्राउ गरेको छ ।

 

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि आकृत खत्रीलाई बुढानीलकण्ठ नगरपालिकामा खटाएको थियो । उनलाई यही कामका लागि स्थानीय तहको सिफारिसमा करारमा राखिएको थियो । भने, बाँकी कर्मचारी स्थानीय तहले व्यवस्थापन गरेको थियो ।

 

खत्री एमाले नेता अर्जुन खत्रीको भतिजा भएको पनि खुलेको छ । उनलाई प्रयोग गरेर एमाले नेताहरुले आफ्ना समर्थकहरुलाई घरमै नाम लेखाउने व्यवस्था मिलाएको खुल्न आएको छ । मतदाता नामावली संकलन गर्ने समय शनिबार सकिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

Loading…