भरतपुरमा हुने भयो प्रतिपक्ष गठबन्धन, रेणु दाहालको अवस्था यसरी खस्कदै

काठमाडौं । भरतपुरमा पुनः मतदान गराउने सर्बोच्चको फैसला पछि त्यो निर्वाचन थप रोचक बन्ने भएको छ । १९ नम्वर वडाको मत गणना गर्दा माओवादी एजेण्टले मत पत्र च्याते पनि बिभिन्न चरण पार गर्दै अव निर्वाचनको बिकल्प सकिएको छ ।

 

तर माओवादीले जुन आसा र अपेक्षा राखेर योजनाबद्ध तरिकाले मत पत्र च्यातेका थिए त्यो सफल नहुने भएको छ । भरतपुरमा फेरि मतदना हुदा पनि प्रधानमन्त्री पुत्री रेणु दाहालको स्थितिमा खासै सुधार नआउने भएको छ । पहिलो कारण बुझेका कांग्रेसले मत पत्र च्यात्ने पार्टीलाई किन फेरी भोट हाल्ने भन्दै प्रश्न गर्न थालेका छन। दाहालका लागि अर्को खतरा सत्ताविरुद्ध प्रतिपक्ष गठबन्धन हुने भएको छ ।

 

 

नेपाली कांग्रेस र माओवादी केन्द्र बाहेकका पार्टीहरु एमाले उम्मेदवार देवी ज्ञावलीको पक्षमा लाग्ने भएका छन् । किन कि अरु पार्टीले आफ्नो पोजिसन थाहा पाई सकेका छन् । ज्ञावलीलाई थप लाभ भनेका राप्रपाको भोट प्लस हुनु पनि हो। १९ वडामा राप्रपाको करिव ३ सय देखि ५ सय भोट रहेको अनुमान गरिएको छ। यस अघि राप्रपको यो भोट आफ्नै उम्मेदवारलाई गएको थियो ।

 

 

केन्द्रमा नेपाली कांग्रेसले अन्तिम अवस्थामा वाचा गरेर सरकारमा नलगेको राप्रपाले त्यो रिस भरतपु्रमा बजार्ने भएको छ। सर्बोच्च अदालतका पुन मतदान गराउने फैसला प्रति असन्तुष्टि जनाउदै राप्रपा अध्यक्ष कमल थापाले अपराधीहरुलाई दण्ड दिने काम नभएर पुुरस्कृत गरेको भन्दै अव जनताले फैसला गर्नैछन् भनेका छन्। यसको अर्थ अव जनताले दाहाललाई हराई दिन्छन् भन्ने हो ।

यद्यपी भरतपुरमा व्यापक रुपमा आर्थिक चलखेल र सत्ता शक्तिको द्ूरुपयोग नहोला भन्न सक्ने अवस्था छैन ।
पिता प्रधानमन्त्री भएका कारण रेणुलाई उम्मेदवार बनेकै बखतदेखि राज्यशक्ति प्रयोगको अनुकुलता थिए । रेणुलाई जिताउन राज्यकोषको ६ अर्व वितरणमा निर्वाचन आयोगले आँखा चिम्लेको र रेणुले पुन मतदान गराउन मतपत्र च्यत्दा त्यसैलाई सदर गर्नेगरी आयोगले गरेको पुनः निर्वाचनको निर्णय त्यसका प्रमाण थिए ।

सर्वाेच्च अदालतमा आयोगको निर्णय विरुद्ध परेको रिट सर्वाेच्चले खारेज गरेपछि अदालतको आदेश मान्नु सबैको वाध्यता हो तर, त्यो न्याय हो कि होइन भन्ने विषय नेपालको निर्वाचन पद्दतिको इतिहासमा कहिल्यै नबिर्सिइने घटनाका रुपमा रहने पक्का छ । मतपत्र च्यात्ने देखि निर्वाचन आयोगबाट पुन मतदानको निर्णय गराउने अनि सर्वाेच्चको अन्तिम फैसला नआउन्जेलसम्म पर्दा्भित्रको पात्रका रुपमा सक्रिय ‘महान्यायाधिवक्ता’ रमण श्रेष्ठको चलखेल न्यायिक पद्दति अध्ययनमा एउटा ‘फुटनोट’ हुन सक्छ, जसले सत्ताधारीको जनताप्रतिको अविश्वासलाई उजागर गर्छ ।

जनताले दिएको मतले नपुगे पनि, निर्वाचनका सिद्धान्त पराजित गरेर भए पनि, जनताको मत च्यातेर भए पनि, सत्ताको दुरुपयोग गरेर भए पनि एक थान मेयर पद रेणु दाहाललाई दिलाउने र समाजमा न्यायको जग भत्काउन नहुने देवी ज्ञवालीको मान्यताबीच हुनेछ अवको चुनाव । यसअर्थमा भरतपुर १९ को चुनाव भरतपुरको मेयर पदका लागि मात्रै हुनेछैन, त्यसले समग्र न्यायप्रणालीको भोलिको दिशासमेत चयन गर्नेछ ।

भरतपुर महानगरपालिकाको मेयर छनौटका लागि १९ नम्बर वडा बाहेक अन्यत्र मतदान उहिल्यै भइसकेको छ । २० नम्बर वडाको ३३०२ मत गन्न बाँकी छ । यी दुई वडाको मत गणना बाँकी हुँदा एमाले उम्मेदवार देवी ज्ञवाली ७८३ मतले अगाडि छन् । बैशाख २९ गते दिएको मत च्यातेर फेरि मत माग्न जाने रेणुको नैतिक तागत सायद कमजोर नै हुनेछ ।

साभार : nepalpati बाट 

तपाईंको प्रतिकृयाहरू

Loading…