Loading…

नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारत बिच संयुक्त गस्ती

0
Shares

सहबान अन्सारी

नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षा कर्मीको संयुक्त गस्ती आज सम्पन्न गरिएको छ। बिशेष गरि सिमा क्षेत्रमा भईरहेको बढदो तस्करीलाई नियन्त्रण गर्नका लागी आज शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल एस.एस.बी.झुलनीपुरले संयुक्त गस्ती गरेका हुन।


संयुक्त गस्तीको क्रममा
शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी नायब निरिक्षक पृथ्वी बहीदुर शाहीको नेतृवमा रहेको गस्ती टोली र शसस्त्र सिमा बल एस.एस.बी झुलनीपुरको शसस्त्र प्रहरी निरिक्षक टिसरिङिग चोस घिलको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०० देखी स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।
गस्तीको क्रममा पिलरको अवस्था सिमा अतिक्रमण साथै सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो ।
संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बाट ६जना,सशस्त्र सिमा बल एस.एस.बी.बाट ४ जना र नेपाल प्रहरीबाट २जना सुरक्षा कर्मीको संयुक्त सहभागीता रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…