Loading…

पाटि एकिकरण लम्बिदा सरकारको काम प्रभावितः भुसाल

0
Shares

बुटवल ,१६ कात्तिक । नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले एमाले माओवादीबीच भएको पाटि एकिकरणको काम लम्बिदा सरकारको काम प्रभावित भएको तर्क गरेका छन् ।


रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका भुषालले पाटि एकिकरणमा नेताहरुको स्वार्थ जोडिदां ढिलाई भएको पनि बताए । उनले भने ‘मैले स्थायि कमिटीको बैठकमा लिखीत रुपमै दिएको छु की माओवादीको अध्यक्ष भईरहेको ठाउमा एमालेको सचिव र एमालेको अध्यक्ष भईरहेको ठाउमा माओवादीको सचिव बनाउने । अध्यक्ष वा सचिव जनप्रतिनिधी भएको अवस्थामा क्रमशः पदीय जिम्मेवारी अनुसार अर्को व्यक्तिलाई नेतृत्व दिने । सोही अनुसार गरेको भए साउन भित्रै एकिकरण टुंगिन्थ्यो । तर यताबाट उताबाट, कमिटीमा हुदैं नभएको व्यक्तिलाई नेतृत्वमा ल्याउन थालेपछि ढिलाई भएको हो । ’
पार्टी एकता प्रकृयालाई छिटो टुङग्याउनु पर्ने उनको जोड छ । पार्टी एकता प्रकृया लम्बिदा सरकारको काम कारबाहीनै प्रभावित बन्न पुगेको उनको तर्क थियो ।
संसदीय सम्र्पक कार्यालय रुपन्देही क्षेत्र नम्बर ३ ले भैरहवामा आज शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भुषालले जनताको चाहाना र पार्टीको प्रतिबद्धता बमोजिम सरकारले काम गर्न नसकेको स्विकार गरे ।
जनताको चाहाना र हाम्रो कबुल अनुसार काम हुन सकेको छैन, उनले भने— एकता प्रकृया अलमलिएको छ, यसले पार्टी र सरकारको काममा अन्यौलता देखिएको छ ।’ पूर्व मन्त्री समेत रहेका भुषालले तल्लो तह सम्मको पार्टी एकतामा साबिकका कमिटिहरुलाई आधार बनाइनुपर्नेमा जोड दिए ।
सोही अवसरमा पत्रकारले तपाई ओलि सरकारको समर्थन भन्दा बढी आलोचना गर्दै हिड्नुभएको छ नि भनि सोधेको प्रश्नमा आफुले राम्रा कामलाई राम्रो र नरामैो कामलाई नराम्रो भनेको जनाए । नेता भुसालले आफु सानैदेखी माक्र्सवादी अध्ययन र प्रशिक्षणमा रुचि राख्ने हुनाले सो कार्यलाई गुटको संज्ञा दिन नहुने पनि तर्क गरे ।
फरक प्रसंगमा नेता भुसालले पर्यटन र कृर्षी मार्फत रुपन्देहीको विकास गर्न सकिने पनि बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई मात्रै व्यवस्थीत गरेमा रुपन्देहीका जनता समृद्ध हुने बताए । उनले भने ‘ लुम्बिनी र विमानस्थललाई सहि ढंगले सन्चालन र प्रबद्र्धन गरेमा मात्रै त्यसले आर्थिक विकास ठुलो योगदान पुराउछ । ’

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य भुषालले कृषि र पर्यटननै यस क्षेत्रको आर्थिक बिकासको आधार भएको समेत तर्क गरे ।
नेता भुषालले भैरहवाको सेज संचालनमा ढिलाई हुनुका पछाडी थुप्रै कारण रहेपनि अब ढिलाई नहुने दाबी गरे । उनले भने ‘मैले सरकारी अधिकारीलाई सेजको काम सरकारका तर्फबाट कहां रोकिन्छ मलाई भन्नुस भनेको छु, काम अघि बढिरहेको छ , अब बिलम्ब हुदैन ।’ साथै उंनले सिद्धार्थनगरपालिका र आसपासका पालिकाहरुको फोहोर व्यवस्थापनका लागी ल्याण्डफिल्ड साईड निर्माणको काम यसै बर्ष शुरु हुने समेत बताए । नेकपाका क्षेत्रीय इन्चार्ज हितराज पन्थि र नेता बाबुलाल यादवले समेत समृद्धिको आधार कृर्षी र पर्यटन तर्फ सबैको हातेमालो जरुरी रहेको बताएका थिए ।
तस्वीर पनि संगै छ ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…