Loading…

रुपन्देहीको सालझण्डीमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

0
Shares

बटौली, २२ असोज । रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस सैनामैना कमिटिको आयोजनामा असोज २४ देखी २७ गते सम्म प्रतियोगिता सञ्चालन गरिने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।


स्थानिय स्तरका खेलाडिहरुको क्षमता बृद्धि गर्नुका साथै खेलको संरक्षणका लागि कमिटिले प्रथम सैनामैना मदन भण्डारी भलिवल प्रतियोगिताको आयोजन ागर्न लागिएकोे कमिटी अध्यक्ष यामलाल खरेलले जानाकारी दिए ।
उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित ८ लाख ५० हजार लाग्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ७७ हजार ७ सय ७७, द्धितिय हुनेले ४४ हजार ४ सय ४४, तेस्रो हुनेले २२ हजार २ सय २२ र सान्त्वना हुनेले ११ हजार १ सय ११ नगद धनराशी प्राप्त गर्ने खेल संयोजक कमल अर्यालले जानाकारी दिए । त्यस्तै प्रतियोगितामा वेष्ट प्लेयरलाई ४ हजार ५ सय र उत्कृष्ट स्पाइकर, डिफेन्डर, ब्लकर, सर्भर, सेटर र उत्कृष्ट कोचलाई क्रमश २५ सय द्धारा सम्मान गरिने उनको भनाई छ । प्रतियोगिताको उद्धघाटन खेललाई राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भटटाराईले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । सैनामैनाको सालझण्डीमा रहेको पशुपति माविको खेल मैदानमा प्रतियोगिता जिल्ला भलिवल संघ गुल्मी, जिल्ला भलिबल संघ पाल्पा, प्रदेश नं. ४, मणिमुकुन्द भलिबल क्लव ए र वि, ब्रेभ गोर्खा बुटवल, शहिद नारायण पोख्रेल रामापुर क्याम्पस, मुर्गिया युथ क्लव, मदन भण्डारी स्पोर्टस एकेडेमी सैनामैना र सशस्त्र प्रहरी बल चन्द्रौताको सहभागिता हुने बताइएको छ । कार्यक्रमको कमिटिका सचिब दिपक न्यौपानेले गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…