Loading…

मेयरकप ब्याडमिन्टनको मनिक र सुन्दरको जोडीलाई

0
Shares

तिलोत्तमा, ४ असोज ।
रुपन्देहीको तिलोत्तमा १४ सुखौलीमा आयोजित तिलोत्तमा नगरस्तरीय प्रथम मेयर कप खुल्ला व्यडमिन्टन प्रतियोगिताको उपाधि लुम्बिनी स्पोर्टर्स क्लवका मनिककुमार राना र सुन्दर गुरुङको जोडीले जितेको छ ।

हिमाली यूथ क्लवका पदम थापा र थमनसिंह सारुको जोडीलाई २–१ सेटले पराजित गर्दै राना र गुरुङको जोडीले उपाधि जितेको हो । उपाधिसँगै विजेता टिमले ५० हजार नगद पुरस्कार पाएको छ भने दोस्रो भएको पदम थापा र थमनसिंह सारुको समूहले ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा अमित राना र सुरज गुरुङको जोडी तथा पदम राना र समिर पुनको जोडी तृतीय भएका छन् । उनीहरुले १०–१० हजार पुरस्कार हात पारे । प्रतियोगितामा लुम्बिनी स्पोर्टर्सका समीर पुन उत्कृष्ट खेलाडी घोषित भए । नर्मदेश्वर प्राविको खेल मैदानमा भएको मेयरकप व्यडमिन्टन प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले खेल खेलेर उदघाटन गरेका थिए ।
संविधान दिवसको उत्सवको रुपमा तिलोत्तमा नगरपालिकाले आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा नगरभित्रका विभिन्न २० वटा समूहले सहभागिता जनाएका थिए । जसमा ४० जना खेलाडी थिए
खेल प्राङ्गणमा उपलव्ध चार ओटा कोर्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । खेलको सम्पूर्ण प्राविधिक पक्षको व्यवस्थापन तिलोत्तमा १४ मा रहेको लुम्विनी स्पोर्टस् क्लवले गरेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
तिलोत्तमा नगर कार्यपालिका सदस्य एवं वडा नं. १५ का अध्यक्ष खेमराज गुरुङको संयोजकत्वमा सम्पन्ने प्रतियोगितामा बिजेता खेलाडीलाई नगर प्रमुख वासुदेव घिमिरेले शिल्ड तथा पुरस्कार प्रदान गरेका थिए । त्यस अवसरमा नगरपालिकाका शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवाली, शाखा अधिकृत सुदिप गिरीलगायतले पनि बोलेका थिए ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…