Loading…

राता मकैले नयाँ फिल्म ‘दाल भात तरकारी’ बनाउदै

0
Shares

काठमाण्डौ । हास्यकलाकार तथा निर्माता किरण केसी (राता मकै) ले फिल्म ‘दाल भात तरकारी’ बनाउने घोषणा गरेका छन्।

उनको ६० औं जन्मदिनको अवसरमा उक्त फिल्मको घोषणा गरेका हुन् । केसीले आफ्नै सुपुत्र सुदन केसीलाई निर्देशनको जिम्मेवारी दिएको बताइएका छन्।

यो फिल्मको छायांकन भदौबाट सुरु हुने किरणले बताए । कमेडी जनराको फिल्म  ‘दाल भात तरकारी’ मह सञ्चारको ब्यानरमा किरण केसीले निर्माण गर्नेछन् ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौलालगायतका केही कलाकार फिल्ममा अनुबन्ध भइसकेका छन् ।

प्राप्त खबरअनुसार, फिल्ममा दीपकराज गिरीको इन्ट्री हुनसक्ने प्रवल सम्भावना छ ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…