Loading…

नवलपरासीको भुजहवा स्वास्थ्य चाैकीमा बर्थिङ सेन्टर सञ्चालमा

0
Shares

सहबान अन्सारी ! नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ भुजहवा स्वास्थ्यचाैकीमा बर्थिङ्ग सेन्टर उद्घाटन समारोह अाज सम्पन्न गरिएको छ।

यसअघि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै परम्परागत रुपमा प्रसूति हुदाँ आमा र शिशुको ज्यान जोखिम बढी हुँदा महिलाहरु चिन्तित बन्दै आएका थिए । यस क्षेत्रमा महिलाहरुलाई प्रसूति सेवाका लागि नवलपरासीको सदरमुकाम धाउनु पर्ने बाध्यता रहेकाे थियाे ।

सरावल गाउँपालिका स्वास्थ्य शाखाकाे आयोजनामा उक्त बर्थिङ्ग सेन्टर उद्घाटन सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकोले गर्नु भएको थियो। कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले महिलाहरुलाई निशुल्कमा सुरक्षित तरिकाले गाउँमै प्रसूति गराउनका लागि गाउँपालिकाका यस वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो ।

यहाँका बाल मृत्युुदर ,मातृ मृत्युुदर, हाेमडेलेभरी लगाएतका समस्याहरु न्युनिकरण गरि विभिन्न सेवासुबिधा परिचालन गर्नका लागि बर्थिङ्ग सेन्टर सञ्चालन गरिएको बताउनु भयो ।बर्थिङ्ग सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका महिलाहरु निकै खुशी भएका छन ।

कार्यक्रममा सरावल गाउँपालिका उपप्रमुख उतमा राय ,कार्यकारी अधिकृत झबेश्वर रेग्मी ,जिल्ला जनस्वास्थ्य प्रमुख अरुण कुमार महताे,वडा नं. ६ काे वडा अध्यक्ष कैलाश यादव, सरावल गा.पा स्वास्थ्य सम्याेजक अाेम नरायण देवकाेटा ,सहसम्याेजक बाबुराम तिमिलसेना, वडा नं. ७ स्वास्थ्यचाैकि ईन्चार्ज रिङ्कु यादव लगाएतले बाेल्नुभएकाे थियो ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…