Loading…

मोटरसाइकल चोरेर फरार महतो पक्राउ

0
Shares

सिरहा । आफ्नै साथीको मोटरसाइकल चोरी गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका– ८ निवासी जयप्रकाश महतो स ९ प ८५७२ नम्बरको मोटर साइकलसहित पक्राउ परेका हुन् ।

उनी बिहीबार लहानस्थित शहीद चोकदेखि ५० मिटर उत्तरबाट रातो, कालो रंग भएको २२० सिसीको पल्सर मोटरसाइकल चोरेर फरार भएका थिए । यादवलाई वरियारपट्टिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यही ठाउँमा स ३ प ५२२८ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको समेत उल्लेख गरेको छ ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…