Loading…

विश्व कप फुटबल हेर्न जानेलाई निशुल्क यातायात सेवा

0
Shares

काठमाडौँ । रूसले विश्व कप फुटबलको दौडान फुटबल फ्यानहरूलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको छ । रुसका विभिन्न ११ वटा शहरमा संचालन भइरहेका खेल हेर्न फ्यानलाई सहजता होस भनेर रुसले यस्तो सेवा उपलब्ध गराएको हो ।

रूस सरकारले यात्रुलाई बुकलेट तथा संसारका सबै क्षेत्रबाट गएका समर्थकको सुविधाका लागि, अंग्रेजी संकेतसहितको ट्राफिक संकेतहरु पनि उपलब्ध गराएको छ । रुसले उपलब्ध गराएको यस्तो सुविधाप्रती रुस पुगेका खेल प्रेमीले प्रशंशा गरेका छन् । निशुल्क रुपमा उपलब्ध गराएको यातायात सेवा र ट्राफिक ज्ञानले फुटबल हेर्नका लागि रुस पुगेका समर्थकलाई निकै उत्साहित बनाएको छ ।

प्रत्यक्ष फुटबल हेर्न पुगेका समर्थकले रुस सरकारको खुलेर प्रशंशा गरेका छन् । उनीहरुको सकारात्मक प्रतिक्रियाबाट रुस झनै उत्साहित भएको रुसी संचार माध्यमले जनाएका छन् । फुटबल सुरु भए यता रुसले साढे २ लाख समर्थकलाई निशुल्क सेवा उपलब्ध गराएको छ । रुसमा आयोजित २१ औं संस्करणको विश्वकप फुटबललाई भव्य बनाउनका लागि रुस सरकारले कुनै पनि कसर बाँकी राखेको छैन् ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…