Loading…

नेपाली युवतीलाई पछ्याउदै आएका भारतीय युवक पक्राउ

0
Shares

सहबान अन्सारी ! नवलपरासीको गुठी परसौनीमा सशस्त्र प्रहरी बल न वोर्डर आउट पोष्ट गुठी परसौनीले भारतबाट भागेर आएकी युवतीलाई पछ्याउदै आएका एक भारतीय युवकलाई प्रक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले सिमा नाकामा चेकजाँचको क्रममा झगडा गरिरहेका संकास्पत जोडी हेरे पछि बुझ्न जाँदा संकाको आधारमा युवती र युवालाई नियन्त्रणमा लिई सोचपुछ गरेको थियो। सोधपुछ कै क्रममा. युवतीले प्रहरीलाई बास्तविकता बताएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो । युवकले भारतबाट भागेर आएकी ती युवतीलाई पछ्याउँदै आएर फेरी जवरजस्ती भारततर्फ लैजान खोज्दा ती दुईको झगडा परेको प्रहरीलाई गुनासो सुनाईन ।

चितवनको भरतपुर महानगर वडा नं ५ गीतानगर पटेनी बस्ने १७ वर्षिय सुसिला परियार दुई बर्ष पहिला परिवारिक स्थिति कमजोर भएको हुदाँ घर परिवार चलाउन निकै कठीनीई भएको हुदाँ उनले भारतको महराजगंज जिल्लाको निचलौलमा भएको सुरज म्युजिकल ग्रुप रेकर्डिङ डान्स पार्टीमा नाच्ने काम गर्दै आएकी थिइन। डान्स पार्टीका मालिकले जबर्जस्ती नचाउने, पैसा नदिने र दिनमा बाहिर जान नदिने अर्थात कैदि जस्तो दिनमा कोठा भित्र थुनेर राख्ने गरेको युवतीको भनाई छ ।

त्यही डान्स पार्टीमा काम गर्ने एक युवकले प्रलोभनमा पारी ती युवतीसंग शनिबार कसैलाई थाहा नदिई विवाहपनि गरेकी हुन । ती युवती करिब तीन बजेको समयमा आफ्नो ज्यान बचाई त्यहाँ बाट भागेर नेपाल आएकी बताईएको छ।युवतीसँग विवाह गर्ने सोही डान्स पार्टीमा काम गर्ने भारतको महराजगंज जिल्लाको निचलौल ९ हिन्दी होहल्ला घर भएका १९ वर्ष नबी अन्सारीले सुशिलासँग आफ्ले विहे गरेको र नेपाल जान नपाउने भन्दै डान्स पार्टीमा नै काम लगाएका थिए तर सुशिला लुकिछिपी त्यहाँबाट भागेपछि युवकले उनलाई पछ्याउँदै आएका थिए ।

 

नाकाबाट जबर्जस्ती भारत तर्फ लैजान खोज्दा उनीहरुको झगडा परेको थियो । यसैक्रममा चेकजाँचमा रहेको प्रहरी त्यहाँ पुगेको र घटना बुझी युवकलाई नियन्त्रण लिई थप अनुसंधानको लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठीएको सशस्त्र प्रहरी बल वोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…