Loading…

एसइई (SEE) परीक्षाको नतिजा आज सार्वजनिक हुदै, आफ्नो मोबाइलबाट यसरी हेर्नुहोस

0
Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए।

शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाएको छ।

गतवर्षकाे एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए। एसईई परिक्षाको नतिजा http://www.see.ntc.net.np/ पनि हेर्न सकिने छ ।

एसईइ परिक्षाको रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…