Loading…

चलचित्र हैरानको नयाँ गीत सार्वजनिक (भिडियाेसहित)

0
Shares

काठमाण्डौँ । चलचित्र ‘हैरान’को दोश्रो गीत सार्वजनिक गरिएको छ । जेठ ४ गते रिलिज हुने तयारीमा रहेको उक्त चलचित्रको ‘हिरो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

 

गीतमा संगीत र स्वर राजन इशानले दिएका छन् भने गम्भिर बिष्टको शब्द रहेको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु गजित बिष्ट, निश्मा घिमिरे, वुद्दि तामाङ, सागर लम्साल र पुस्कर रेग्मीलाई फिचरिङ गरिएको छ ।

डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रलाई विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेका हुन् । यो चलचित्रको निर्माताको रुपमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा रहेका छन् भने कार्यकारी निर्मात्री सम्झना पोखरेल रहेकी छिन् ।

[youtube https://www.youtube.com/watch?v=btrYQ0Z0H0k]

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…