Loading…

कोहलपुर एक्सप्रेसले ३ दिनमा कति कमायो ?

0
Shares

काठमाडौं । नेपाली चलचित्र कोहलपुर एक्सप्रेस गत शुक्रबार देखि प्रदर्शनमा आएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेका कारण फिल्मबाट राम्रो अपेक्षा गरिएतापनि प्रदर्शनपछि यस चलचित्रले खासै उत्साह जगाउन सकेको छैन।

 

 

कोहलपुर एक्सप्रेसले तीन दिनमा ५० लाख १५ हजार कुल आम्दानी गरेको छ। फिल्मले काठमाडौंबाट भन्दा मोफसलबाट कम आम्दानी गरेको छ । कोहलपुर् एक्सप्रेस रिलिज भएको दिनमा यसले ११ लाख ८० हजार मात्र कुल आम्दानी गर्न सफल भएको थियो।

लिलिबिली, नेप्टे लगायतका चलचित्रसंग जुध्दा कोहलपुर एक्सप्रेसले कम शो पाएका कारण पनि आम्दानी कम भएको हो । त्यस्तै अर्कोतिर, बलिवुड फिल्मको हुबहु कपि गरिएको भनिएका कारण पनि पहिलो हप्तामा समेत यो फिल्मले राम्रो काम गर्न सकेन । यस फिल्मलाई बलिवुड फिल्म ु मुम्बई एक्सप्रेसु को कपि मानिएको छ ।

केकीले निर्माण गरेको यस फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारि, बुद्धि तामाङ्ग लगायतले अभिनय गरेका छन् । फिल्मलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…