Loading…

चलचित्र ‘लिलिबिलि’ ले पहिलो हप्तामै लगानी सुरक्षित गर्यो

0
Shares

काठमाडौं, ९ बैशाख । चलचित्र ‘लिलिबिलि’ले लगानी सुरक्षित गरेको छ । निर्माता गोविन्द शाहीका अनुशार फिल्मले पहिलो सातामा ४ करोड ७५ लाखको ग्रस कलेक्शन गदै लगानी सुरक्षित गरेको हो । पहिलो साता हलवाला र निर्माताले ५०/५० प्रतिशत कलेक्शन बाँड्ने नियम अनुशार निर्माताको हातमा पहिलो साता २ करोड ३७ लाख रुपैयाँ परेको छ । फिल्म २ करोड ३० लाखमा बनेको थियो । त्यसैले फिल्मले पहिलो साता लगानी उठानुका साथै ७ लाख रुपैयाँ फाइदा पनि दिएको छ ।

 

पहिलो साताको आक्रामक कलेक्शनसँगै फिल्म दोस्रो साताको यात्रामा छ । यो साताको शुक्रवार फिल्मले २९ लाखको ब्यापार गरेको छ । शुक्रवार काठमाडौँबाट १५ लाख ९५ हजार र काठमाडौँ बाहिरबाट १३ लाख १८ हजार रुपैयाँ कलेक्शन गरेको हो । त्यस्तै शनिवार बिदाको दिन फिल्मले ५३ लाखको ब्यापार गरेको छ ।

काठमाडौँबाट २८ लाख र काठमाडौँ बाहिरबाट २५ लाख रुपैयाँ कलेक्शन गर्न सफल भएको छ । दोस्रो साता फिल्मले ८२ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको छ । पहिलो साता ५०/५० प्रतिशत बाँडफाँड हुँदा दोस्रो साता निर्माताले कलेक्शनको ४२ प्रतिशत पाउँछन् ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…