Loading…

चलचित्र ‘लिलीबिली’को पाँच दिनको व्यापार ४ करोड

0
Shares

काठमाडौं, ६ बैशाख । चलचित्र लिली बिलीले बुधबार साँझ सञ्चारकर्मीमाझ पाँच दिनको आफ्नो व्यापार सार्वजनिक गरेको छ । ३० चैतबाट देशव्यापी प्रदर्शनीमा आएको यो चलचित्र मंगलबारसम्म पाँच दिनमा ४ करोड ५ हजार रुपैयाँको व्यापार गरेको यसको निर्माण पक्षले जनाएको छ ।

 

 

 

निर्माता गोबिन्द शाहीले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मंगलबारसम्म मुलुकका सबै हलको हिसाब जोडले लिली बिलीले ४ करोड ५ हजार व्यापार गरेको बताए । पहिलो साता करिब ४ करोड ७५ लाख व्यापार गर्ने अनुमान आफूहरूको भएको पनि उनले बताए ।

‘बुधबारसम्म हाम्रो चलचित्रले काठमाडौं उपत्यकाको क्यूएफएक्समा १४ सो, बिग मुभिजमा ७ सो, एसक्युबमा ६ सो, बीएसआरको एउटा हल मात्र चलेको भए पनि तीन सो पाएको छ । यस्तै गोपिको गोपी र नममा, गुणको क, ख, चमा अष्ट क र खमा, बाराही क लगायत सबै जसो सिंगल थिएटरमा पनि लिली बिलीले राम्रो व्यापार गरेको छ,’ निर्माता शाहीले भने । यो चलचित्र मुलुकका ९६ सिनेमा हलमा प्रदर्शन भइरहेको पनि उनले जानकारी गराए ।

यो चलचित्रमा प्रदीप खड्काको अभिनयलाई पनि दर्शकले रुचाएका छन् । यो चलचित्रमा नव अभिनेत्री जसिता गुरुङको कामले पनि अहिले निकै प्रशंसा पाएको छ । लिली बिलीमा प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय रहेको छ ।

 

यसका निर्देशक मिलन चाम्सले चलचित्रले दोस्रो साता पनि राम्रो व्यापार गर्नेमा आफूहरू विश्वस्त रहेको बताए । उनले कथाको मागअनुसार विदेशमा छायांकन गरेर बलिउड स्तरको सिनेमा आफूले दिन सकेको जिकिर गरेका छन् ।

 

मिलनसहित यो चलचित्रलाई गोबिन्द शाही र सुदीप खड्काले निर्माण गरेका हुन् । नेपालसहित बेलायत, स्कटल्यान्ड र टर्कीमा छायांकन भएको चलचित्र लिली बिलीले सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको छ !

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…