Loading…

बुटवलमा यस सिजनमा सुन्तलाको कारोबार २० करोड भन्दा बढि

0
Shares

बुटवल, ९ माघ ।

कृषि उपज तथा थोक बजार केन्द्र बुटवलमा यस सिजनमा सुन्तलाको कारोबार २० करोड भन्दा बढिको भएको छ । सुन्तालको सिजन मानिने महिना कार्तिक देखि माघ पहिलो साता सम्म कृषि उपज तथा थोक बजार केन्द्रबाट २० करोड भन्दा बढिको सुन्तला कारोबार भएको लुम्बिनी तरकारी फलफुल व्यवसायी संघले जनाएको छ ।

पहाडि जिल्लाहरु पाल्पा, गुल्मी, स्याङजा, सल्याङ, अर्घाखाची बाट कृषि उपज केन्द्रमा सुन्तला आउने गर्दछ । गत बर्षको तुलनामा यस बर्ष सुन्तालको सुन्तालको कारोबार घटेको संघले जनाएको छ । सुन्तलाको उत्पादन कम हुदा माग अनुसारको पुर्ति गर्न नसकिएको संघले बताएको छ । गत बर्ष मात्र सुन्तालाको कारोबार ४० करोड भन्दा बढिको भएको थियो ।

गत बर्ष दैनिक ३३ हजार केजी सम्म विक्रि हुँने गरेकोमा अहिले भने दैनिक २० हजार केजी सम्म विक्रि भएको छ । कृषि उपजमा सुन्तालको मुल्य न्युनतम ५० र अधिकक्तम १ सय रुपैया प्रतिकेजी सम्म कारोबार हुने गरेको छ । रसिलो सुन्तलाको माग बढि, तर उत्पादन कम हुँदा सुन्तालको मुल्यबृद्धि भएको बताइएको छ । कृषि उपज केन्द्रमा कोल्ड स्टोर नहुँदा सुन्तला बेसिजनमा बजारमा पठाउन भने सकिएको छैन ।व्यवसायीहरुले कोल्डस्टोरको माग बारम्बार गरेपनि सम्बन्धित निकायले वेवास्ता गर्दा सिजनमा मात्र सामान बजारमा पठाउनुपरेको संघले बताएको छ । कृषि उपजबाट नेपालगञ्ज, ईटहरी, झापा, जनकपुर, गोरखपुर सम्म नेपाली सुन्तला जाने गर्छ ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…