धारिलो हतियार प्रहार गरि ८ वर्षीय बालकको हत्या

रौतहट — रौतहटको राजपुर नगरपालिका-९ बरैयामा मंगलबार बालकको हत्या भएको छ । स्थानीय भिखारी देवानको छोरा ८ वर्षीय मोफुजन देवानको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले बताए। टाउको र घाँटीमा गरिहो चोट लागेको अवस्थामा देवानको गाउँ नजिकै तोरीबारीमा शव फेला परेको थियो। शव परीक्षणको लागि जिल्ला अस्पताल गौर ल्याइएको प्रहरीले जनाएको छ।

 

 

 

 

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा केही बालकसहित ५ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डिएसपी दानीले बताए।

 

स्थानीयका अनुसार मूर्ति सेलाउन बाजागाजासहित विद्यार्थीहरु निस्केका थिए। त्यसक्रममा दुई समूहका बालबालिकाबीच वादविवाद भएपछि झडप हुँदा उक्त घटना भएको अनुमान गरिएको छ। घटनास्थल सदरमुकाम गौरभन्दा दक्षिण पश्चिम भारतीय सिमानामा पर्दछ।

तपाईंको प्रतिकृयाहरू