१६ वर्ष अघिदेखि अलपत्र उद्योग पुन : सञ्चालनको पहल

  सिन्धुपाल्चोक !! सिन्धुपाल्चोकको लामोसाँघुमा १६ वर्षदेखि बन्द अवस्थामा रहेको नेपाल ओरियण्ट म्याग्नेसाइट उद्योग पुन: सञ्चालनका लागि पहल थालिएको छ ।

 

 

 

 

 

 

उद्योग पुन: सञ्चालनमा आए स्थानीयलाई रोजगारीको वातावरण सिर्जना हुने भन्दै स्थानीयले म्याग्नेसाइट उद्योग सञ्चालनका लागि पहल थालेका हुन् । म्याग्नेसाइट उद्योगका सरोकारवालालाई ज्ञापनपत्र बुझाएर सञ्चालनको विशेष निर्णय गराएको बलेफी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष चरिबहादुर तामाङले बताउनुभयो ।

 

म्याग्नेसाइटको केन्द्रीय कार्यालय र उद्योग सञ्चालन समितिलाई ध्यानाकर्षण गराएको भन्दै वडाध्यक्ष तामाङले सञ्चालक समिति पनि उद्योग सञ्चालनका लागि सकरात्मक रहेको जानकारी दिनुभयो । दोलखाको भिमेश्वर नगरपालिका, जिल्लाको बलेफी र त्रिपुरासुन्दरी गाउँपालिकाले उद्योगको सञ्चालनको लागि साझा अवधारणा बनाउने तयारी गरेको उहाँले बताउनुभयो ।

 

२०३६ सालमा ३ अर्ब ५९ करोड लगानीमा निर्माण भएको सो उद्योग सरकार र खेतान समूहबीचको अदूरदर्शी नीतिका कारण २०५८ सालदेखि बन्द थियो । उद्योग स्थापना गर्दा सरकार र उडिस्सा इन्ड्रस्टिजले वार्षिक ५० हजार मेट्रिक टन डीबीएम (डेडर्वन) म्याग्नेसाइट उत्पादन गर्ने सहमति भएपनि वार्षिक २० हजार मेट्रिक टन मात्र डीबीएम उत्पादन हुने गरेको थियो ।

 

कार्यकारी निर्देशक दिनेशराज भट्टराईले लामो समय अनुगमन गर्दासमेत काम सन्तोषजनक नभएपछि उत्पादन नै बन्द गर्न सरकार बाध्य भएको बताउनुभयो । कान्तिपुर बाट 

तपाईंको प्रतिकृयाहरू