रियल आज भिल्लारियलको सामना गर्दै !!

म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगाको साविक विजेता रियल म्याड्रिड आज भिल्लारियलसँग भिड्दै छ । रियल हाल तालिकाको चौथो स्थानमा रहेको छ भने भिल्लारियल छैटौं स्थानमा रहेको छ ।

 

 

 

 

 

रियल म्याड्रिडका लागि स्ट्राइकर करिम बेन्जेमा र डिफेन्डर सर्जियो रामोस घाइते रहेका छन् । ड्यानी कार्जाभाल, इस्को र ग्यारेथ बेलले भने आफ्नो नाम सुरुवाती ११ मा पाउने सम्भावना धेरै रहेको छ ।

 

 

भिल्लारियलका लागि मानु ट्रिगुइरोस प्रतिबन्धबाट फर्किँदै छन् तर डिफेन्डर भिक्टर रुइज भने प्रतिबन्धित छन् । भिल्लारियलले आफ्नो पछिल्लो लिग खेलमा डेपोर्टिभोसँग १-१ को बराबरी खेलेको थियो ।

 

 

उता रियल म्याड्रिडले पनि सेल्टा भिगोसँग २-२ को बराबरी खेलेको थियो । खराब लयबाट गुज्रिरहेको रियलको १७ खेलमा ३२ अंक रहेको छ । उसको प्रतिद्वन्दि बार्सिलोनाको भने १८ खेलमा ४८ अंक रहेको छ । रियल भिल्लारियलसँग पछिल्ला १६ खेलमा अपराजित भएको छैन ।

 

 

क्रिस्टियानो रोनाल्डो र बेलको अग्रपंक्तिको जोडिले सो लय कायम गर्ने दाउका साथ मैदानमा उत्रिने छ । खेल नेपाली समयअनुसार रातिको ९ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा खेलिने छ ।

तपाईंको प्रतिकृयाहरू