आर्यनको एक्सन हेर्न १६ बर्ष मुनिकालाई अभिभावक चाहिने

पौष २८ अर्थात भोलिबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘बटरफ्लाई’ ले पिजि सर्टिफिकेट पाएको छ । अब यो फिल्मका नायक आर्यन अधिकारीको एक्सन र केही दृश्य हेर्नको लागि १६ बर्ष मुनिकाले आफ्नो अभिभावक सहित हल जानुपर्ने छ । बटरफ्लाईलाई पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माण गरेका छन् भने कार्यकारी निर्माता रमेश प्रजापति हुन् ।

फिल्मलाई ‘म गाउदिन अब’ बोलको गीतले केही चर्चामा ल्याएको थियो । आर्यान अभिनित रिलिज हुने यो दोश्रो फिल्म हो भने बटरफ्लाईमा उनी संगै प्रीयंका कार्किको अभिनय रहेको छ । लभस्टोरी चलचित्रमा आर्यन र प्रीयंकाको अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । ओमप्रतिक गुरुङ निर्देशित बटरफ्लाई संगै अर्को चलचित्र मिस्टर झोले पनि रिलिज हुँदै छ ।

तपाईंको प्रतिकृयाहरू