रप्रापाले हेटौडा बाट गर्यो यस्तो बोल्ड निर्णय भोलि हुने संबिधान संशोधनको मतदानमा निर्णायक मानिएको रप्रापागर्ने भयो कसैले नसोचेको

काठमाडौं, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । र, एमाले नेतृत्वको विपक्षी गठबन्धन छाडेर प्रचण्ड सरकारमा सहभागी हुनु पार्टीको गम्भीर भुल भएको निष्कर्ष निकालेको छ ।

हेटौंडामा आइतबार सम्पन्न राप्रपा केन्द्रीय समितिको बैठकले हिन्दू राष्ट्रको एजेण्डा विधेयकमा समावेश नगरिएको, पार्टी विभाजनमा सरकार र सत्तारुढ दलहरु क्रियाशील रहेको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

 

तर, राप्रपाले मधेसका जनताको हक, हित र पहिचानको संरक्षण एवं मधेसको समग्र विकासमा सदैव प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।

 

संशोधन विधेयकले मधेस र मधेसी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेसकेन्द्रित राजनीतिक दलहरुले विधेयक पारित भए पनि नभए पनि निर्वाचनमा भाग लिने प्रतिबद्धता व्यक्त गरिसकेको, विधेयक पारित गराउनेबारे सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको राप्रपाको निष्कर्ष छ ।

 

त्यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारमा सहभागी हुनु राप्रपाको गम्भीर भूल भएको निष्कर्ष पनि बैठकले निकालेको प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिकृयाहरू