नोकिया ३३१० को स्नेक गेम अब फेसबुक मेसेन्जरमा

नोकियाको फिचर फोन नोकिया ३३१० सँगै लोकपि्रय मोबाइल गेम स्नेकको पनि पूनरागमन भएको छ ।

 

यो लोकपि्रय स्नेक गेम फेसबुक मेसेन्जरमै खेल्न पाइने भएको छ । स्नेक गेमलाई मेसेन्जरमा रहेको गेमिंग फिचर इन्स्ट्यान्ट गेममा लञ्च गरिएको छ ।  यो एक नयाँ फिचर हो, जसका माध्यमबाट मेसेन्जर प्रयोगकर्ताले एक अर्कालाई च्यालेन्ज गर्न सक्दछन् । स्पेस इनभेड्स, प्याकमेन, तथा वर्डस् विथ फ्रेण्डस् जस्ता गेमहरु मेसेन्जरमा खेल्न सकिन्छ ।

नोकिया ३३१० लाई कम्पनीले नयाँ रंग तथा राम्रो ग्राफिक्सका साथ लञ्च गरेको छ र सोही अनुरुप स्नेक गेमलाई पनि तपाइँ नयाँ स्वरुपमा पाउनुहुनेछ । यद्यपि फेसबुकले आफ्नो अपडेटेड मेसेन्जर एपमा यो इन्स्ट्याण्ड गेमिंग फिचर जारी नगर्दासम्म भने सबै आम प्रयोगकर्ताले स्नेक गेम मेसेन्जरमा खेल्न पाउनेछैनन् र त्यसका लागि केही समय अवश्य कुर्नुपर्नेछ । एजेन्सी.

तपाईंको प्रतिकृयाहरू